एसटीएनएम अस्पतालमा ५० जनाको गलब्लाडर स्टोनको सफलतापूर्वक शल्यक्रिया

IMG-20221105-WA0314.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशन अनि राज्यको स्वास्थ्य विभागको पहलमा राजधानीको न्यू एसटीएनएम अस्पतालमा गत तीन नोभेम्बरदेखि फ्री गल ब्लाडर स्टोन (पित्तको पत्थर, लेप्रोसकपीक कोलीसीटेकटोमी सर्जरी) निकाल्ने शिविर आयोजन गरियो। प्रथम चरणको शिविरमा प्रायः ५० जना लाभन्वित बनेका छन्। गत केही समयदेखि यो समस्याले राज्यमा तीव्रता लिएरहेको कुरालाई ध्यानमा राख्दै प्रत्येक महीना यसको मूफ्त सर्जरी गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङले अघावै घोषणा गरेका थिए। क्रमिक रुपमा यो रोगको उपचार अनि सर्जरी भइरहेता पनि यो रोगलाई न्यून गर्नको निम्ति मुख्यमन्त्री तामाङ स्वयंले न्यू एसटीएनएम अस्पतालमा यसको निःशुल्क सर्जरी गर्ने घोषणा गरेका हुन्।
आज राज्यका स्वास्थ्य मन्त्री डा. एमके शर्माले न्यू एसटीएनएम अस्पतालको भ्रमण गर्दै भर्खरै लेप्रोसकपीक कोलीसीटेकटोमी सर्जरी सकेका रोगीहरूसँग भेट गर्दै उनीहरूसँग भलाकुसरी गरे। यो शिविरले साँचै आफूहरु लाभन्वित बनेको रोगीहरूले विचार व्यक्त गरेका छन्। यो शिविर आगामी दिनहरूमा न्यू एसटीएनएम अस्पताल साथै नाम्ची जिल्ला अस्पतालमा पनि आयोजन गरिने मन्त्री शर्माले जानकारी गराएका छन्। विभिन्न जिल्ला अस्पतालमा यो रोग चिन्हीत भएका रोगीहरूलाई यो विशेष शिविरमा शल्यक्रिया गर्ने प्रक्रिया रहेको मन्त्री डा. शर्माले थप जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement