गोरुबथान (महेश्वर प्रधान): कालेबुङमा यसपल्ट पनि जिल्ला स्तरीय हेन्डीक्राफ्ट प्रतियोगिता समपन्न भएको थियो। गत ३ नवम्बरको दिन समपन्न भएको यस शिल्पकला प्रतियोगितामा गोरुबथानलाई प्रतिनिधित्व गरेर दुइ युवाहरु गएका थिए।दुइ युवाहरु क्रमैले नारायण प्रधान (चित्रकार) र पुरण मंगर (हस्त शिल्पकार) रहेका थिए। यस प्रतियोगितामा कालेबुङ जुकाका विभिन्न स्थानहरुबाट धेरै मात्रमा शिल्पकार, चित्रकारहरु भेला भएका थिए। यस प्रतियोगितामा चित्रकार नारायण प्रधानको चित्रले सबैको मन जित्न सफल भएको छ। प्रदर्शनीमा राखिएको नारायण प्रधानको हेरिरहुँ झै लाग्ने चित्र देखेर सबै अवाक बनेका थिए।यसै गरी पुराना काम नलाग्ने चीजहरुबाट बनाइएको घरमा सजाउने सुन्दर सामानहरु बनाएका पुरण मंगरका सामानहरु पनि उतिकै सुन्दर थिए। गोरुबथानका छोरा नारायण प्रधान यस प्रतियोगितामा चित्रकलामा प्रथम बनेका छन् भने शिल्पकार पुरण मंगर तेस्रो स्थान ओगट्न सफल बनेका छन्। एउटा बुडो मान्छेले नानी बोकीरहेको पेन्सिल आर्टसले सबैको मन जितेका थिए भने सोही चित्र चयन भएर कोलकाताको प्रतियोगितामा पनि लगिएको जानकारी चित्रकार नारायण प्रधानले दिएका छन्। आफुहरुलाई परोक्ष अपरोक्षरुपमा सहयोग गर्ने सबै सबै प्रति धन्यबाद पनि टक्राएका छन्।