पहाडका जनता भाजपासँग: सुकान्त मजुमदार

IMG_20221105_224157.jpg

दार्जिलिङ: बीजेपी राज्य अध्यक्ष सुकान्त मजुमदार शनिबार दार्जिलिङको जीदीएनएस(GDNS) हलमा आयोजित भव्य सार्वजनिक समर्थन कार्यक्रममा भाग लिए। सोही कार्यक्रममा सांसद राजु विष्टको पनि सहभागिता रहेको थियो। कार्यक्रमपछि प्रदेश अध्यक्ष सुकान्त मजुमदारले पहाडको स्थायी राजनीतिक समाधान भाजपाले मात्र दिन सक्ने बताए। यसरी गम्भीरको समस्या समाधान हुन समय लाग्छ, किनभने समस्या धेरै पुरानो छ। यसका लागि पहाडका जनताले धैर्यता अपनाउनुपर्छ। सुकान्त मजुमदारले भारतको संविधानबमोजिम पहाडको समस्याको स्थायी समाधानका लागि जे गर्न सकिन्छ त्यो गरिने बताउनुभयो, साथै उनले पहाडका जनता भाजपासँग रहेको बताए। २०२४ लोकसभा चुनावमा, बीजेपी उम्मेद्वार पहाडबाट जित्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement