गान्तोक। इस्टर्न हिमालय सिल्क रूट अल्ट्रा म्याराथन 50 किलोमिटरको प्रतिष्पर्द्धामा सिक्किमकी फुर्बा तामाङले महिलावर्गमा प्रथम स्थान ओगटेकी छन्। पूर्व सिक्किमको रिनाक आरीटारबाट आज बिहान ६ बजी आरम्भ भएको म्याराथनमा फुर्बाले पाँच घन्टा दुई मिनटको अवधिमा कालेबुङको तोपखानासम्मको ५० किलोमिटरको दुरी पूरा गर्दै महिलावर्गको प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल बनेकी छन्।
यसैगरी सिक्किमका ५३ वर्षीय म्याराथनम्यान अमर सुब्बाले पुरुषवर्गको प्रतिष्पर्द्धामा पाँच घन्टा तीन मिनटको समय अवधिमा ५० किलोमिटरको दुरी तय गर्दै तेस्रो स्थान प्राप्त गरी नयाँ कीर्तिमान रचेका छन्। मणि ट्रस्ट कालीम्पोङको तत्त्वावधानमा आयोजित कालिम्पोङ सिल्क रूट फेस्टीवलको अवसरमा यो प्रतियोगिता आयोजन गरिएको हो।