मङपुका हिल युनिभर्सिटी संगै कलेज पनि हुनपर्ने: डी. के. खालीङ
मङपु: मङपुको सबैभन्दा पुरानो शैक्षिक संस्थान सरस्वती उच्चत्तर माध्यमिक विधालयले ५७ बर्ष पुगेको शुअवसरमा आज कस्तुभ जयन्ती पालन गरे। आज देखि शुरु भएको कार्यक्रम भोलि पनि हुनेछ। आज प्रथम दिनको समारोहको अध्यक्ष डा. जी. सी सुब्बा रहेकोे थिए भने प्रमुख अतिथि भुपु प्रधान अध्यापक डी. के. खालीङ उपस्थित थिए। बिशोर कार्की, शरद रावात, असित थापा, अमृत खडका, सपना खड्का अनि सुरेखा गुरुङले संचालन गरेको कार्यक्रम संचालन समितिका सचिव पप्पु पाण्डेले स्वागत सम्भषण राखे। शुरुमा विधालयका नानीहरुले सरस्वती बन्दनाबाट शुरु गरेको समारोहमा विधालयको पत्रिका “सरस्वती”को पनि उपस्थित अतिथिहरुको बाहुलीबाट लोकार्पण गरियो।आज विमोचन गरिएको पुस्तक सरस्वती माथी समारोहका विशिष्ट अतिथि सन्जय बिष्टले दुई कुरा राखे। विधालयका नानीहरुले सुन्दर गीत अनि नृत्य पनि प्रस्तुत गरे भने स्थानीय वरिष्ठ साहित्यकारहरु क्रमले मोहन ठकुरी, बिनोद रसाईली, उदय थुलुङ, अनि सुभद्र बम्जनले कविता वाचन गरेपछि विधालयका प्राध्यपिका चन्द्रकला राईको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर कविहरुलाई सम्मान जनाईयो।
समारोहका प्रमुख अतिथि एवं भु. पु. प्रधान अध्यपक डी. के. खालीङले मङपुमा हिल युनिभर्सिटी निर्माण हुन लागिरहेको र यहाँ एउटा कलेजको पनि आवस्यक रहेको कारण मङपुबासीले पनि कलेजको माङ्ग गर्दै यसको निम्ति काम गर्नु पर्ने कुरा जनाए। यसरी अर्को विशिष्ट अतिथि टन्कप्रसाद शर्माले सरस्वती विधालय सरस्वती रात्री पाठशालाबाट शुरु भएको अनि १९४५ साल देखि कक्षा पाँचबाट शुरुगरेको र आफू पनि त्यसताकका छात्र रहेको अनि आज यो विधालय यसरी कस्तुभ जयन्ती पालन गरेको गौरव क्षणमा आफुले पनि उपस्थित दिनु पाएकोमा हर्ष ब्यक्त गरे। यसरी स्थानीय कलाकारहरु रोशन शेर्पा, पार्थना गुरुङले मिठा मिठा गीतहरु प्रस्तुत गरे।

समारोहमा विशिष्ट अतिथिहरु किरण कुमार लोहार; दिलीप गुरुङ, टन्कप्रसाद शर्मा, समल कार्की किरण पाख्रीन अनि प्रमुख अतिथि डी. के. खालीङ अनि सभाध्यक्ष डा. जी. सी. सुब्बालाई पनि आयोजक समितिको पक्षबाट प्राध्यपिका चन्द्रकला राईअनि शिक्षक जी. एस. राईले स्मृति चिन्ह दिएर सम्मान जनाए।
आज ५ नोभेम्बरको दिन विधालयका नानीहरुले गीत नृत्य आदि प्रस्तुत गरे भने भोलि ६ नोभेम्बरको दिन समारोहको प्रमुख अतिथि जीटीए कार्यपाल अनित थापाको बाहुलीबाट विधालय पुर्व प्रधान अध्यपक एम. बी. राईको शालिक अनावरण गरिने भएको छ।