रुसको क्याफेमा आगलागी हुँदा १५ जनाको मृत्यु

00-Fire-in-Russia

कोस्ट्रोमा: रुसको कोस्ट्रोमा शहरको एक क्याफेमा शनिबार आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ। क्याफेमा केही विषयमा दुईजनाबीच झगडा भएको थियो। यसमा एक व्यक्तिले फ्लेयर गन (सिगरेट जलाउने बन्दूक) खोल्यो, त्यसपछि आगो लाग्यो। त्यतिबेला क्याफेमा २५० भन्दा बढी मानिस उपस्थित थिए। समाचारअनुसार उद्धार टोलीले २५० जनालाई बचायो। कोस्ट्रोमाका गभर्नर सर्गेई सित्निकोभले घटनामा पाँचजना सामान्य घाइते भएको बताए। उनको उपचार भइरहेको छ। पुलिसले यस विषयमा मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरेको छ। उनीहरुबीच झगडा भएको आरोपमा पुलिसले खोजी गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement