नव जागरण च्यालेञ्ज ट्रफीः जंक्शन स्टार सिलगढ़ी फाइनलमा

IMG_20221105_192234.jpg

५ नोभेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा शनिवार पहिलो सेमिफाइनल म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको रोमाञ्चक म्याचमा जंक्शन स्टार, सिलगढ़ीले लोहागढ़ एफसी-लाई १-०-ले पराजित गऱ्यो। अब आइतवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा गोर्खा स्पोर्टिंग क्लब नागरी र अनिकेत स्पोर्टिंग बुङकुलुंगबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै आज भएको गर्ल्स फूटबल टुर्नामेण्टको पहिलो सेमिफाइनलमा पाइनहल एकाडमीले पंखाबारी हाई स्कूललाई २-०-ले पराजित गऱ्यो। आइतवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा रविन्द्रनाथ हाई स्कूल, सौरेनी र मरमाह हाई स्कूलबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement