लद्दाखकी डिस्केट अंगमा राष्ट्रिय विज्ञान सेमिनार २०२२ को विजेता घोषित

00-DSC_6135

कोलकाता: कोलकाताको साइन्स सिटीमा नेशनल काउन्सिल अफ साइन्स म्युजियम, भारत सरकारको संस्कृति मन्त्रालयको आयोजना सम्पन्न भएको ‘राष्ट्रिय विज्ञान सेमिनार २०२२’मा सासपोल गाउँ, लद्दाखको उच्च माध्यमिक विद्यालयकी डिस्केट आङ्मालाई  विजेता घोषित गरिएको छ। यो पहिलो पटक हो जब लद्दाख केन्द्र शासित प्रदेश बनेपछि कार्यक्रममा सहभागी भएको हो। शुक्रबार ३२ राज्यहरू र केन्द्र शासित प्रदेशहरूका विजेताहरूले राष्ट्रिय विज्ञान सेमिनारमा भाग लिए र साइन्स सिटी कोलकातामा ‘दिगो विकासका लागि आधारभूत विज्ञानहरू: चुनौतीहरू र सम्भावनाहरू’ शीर्षकमा छलफल गरे। साइन्स सिटी, कोलकाताले यस प्रतिष्ठित र लोकप्रिय राष्ट्रिय विज्ञान सेमिनार आयोजना गरेको पहिलो पटक हो।

विभिन्न क्षेत्रका पाँच प्रतिष्ठित वैज्ञानिकहरूको प्यानल डा. प्रदीप कुमार श्रीवास्तव, पूर्व उप निर्देशक (वरिष्ठ प्रमुख वैज्ञानिक), सीएसआईआर-केन्द्रीय औषधि अनुसन्धान संस्थान, एस एण्ड टी मन्त्रालय, भारत सरकार, प्रो. गोपाल दास, डीन अनुसन्धान अनि विकास, रसायन विज्ञान विभाग, आईआईटी गुवाहाटी, होसला एन चाणक्य, मुख्य वैज्ञानिक, सेन्टर फर सस्टेनेबल टेक्नोलोजी, इण्डियन इन्स्टिच्युट अफ साइन्स, बैंगलोर, प्रो. बी.एन. जगताप, प्रोफेसर, फिजिक्स विभाग, इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बम्बे, प्रो. सुगोपा सेनगुप्ता, सहायक प्रोफेसर, जीवन विज्ञान विभाग, प्रेसिडेन्सी युनिभर्सिटी, कोलकाताले निम्न सहभागीहरूलाई विजेता र उपविजेताको रूपमा घोषणा गर्‍यो-

क्रम सं.  नामराज्यपरिणाम
१.डिस्केट आङ्मा (९)सरकारी उच्चतर माध्यमिक विद्यालय सासपोल भिलेज युटी लेह-लदाखविजेता
२.केएम. बोम्बी काटो-(१०)  रामकृष्ण शारदा मिशन गर्ल्स स्कूल,अरुणाचल प्रदेशउप विजेता  
३.कैरभी मन्जितसिंह चौहान (१०)चिल्ड्रेन्स एकाडेमी, अशोक नगर, काण्डीवली, महाराष्ट्रउप विजेता
४.अदृश पाटी (१०) माउन्ट लिटेरा जी स्कूल, कन्टाई, पूर्व मिद्नापुर, पश्चिम बङ्गाल  उप विजेता
५.शिव विनायक (९)सेन्ट फ्रान्सिस स्कूल, देवघर, झारखण्ड  उप विजेता
६.दिव्यान्शु सोनी (१०)महर्षि विद्या मन्दिर, शाह्डोल, मध्य प्रदेशउप विजेता
७.लक्ष्य जैन (९)जयश्री पेरिवाल हाई स्कूल, राजस्थानउप विजेता
८.चिरन्तन के हेगड़े (१०)एभ \मारिया हाई स्कूल, सिर्सि, कर्नाटकउप विजेता
९.छुपोंगला शिल्लेन (१०)मिनिस्टर्स हिल ब्याप्तिस्ट एच.एस. स्कूल, कोहिमा, नागाल्याण्डउप विजेता
१०.प्रियल रत्वन (९)डीएभी पब्लिक स्कूल घुमरविन, हिमाचल प्रदेशउप विजेता

विजेताले विजयी ट्रफी, प्रमाण पत्र अनि साथमा ४८ हजार रुपियाँको छात्रवृत्ति प्राप्त गरिन्l अन्य नौजनाले उप विजेताको ट्रफी, प्रमाण पत्र अनि साथमा २४ हजार रुपियाँको छात्रवृत्तिको प्राप्त गरेl अन्य २२ जना सहभागीहरुले प्रमाण पत्र अनि साथमा १२ हजार रुपियाँको छात्रवृत्ति प्राप्त गरेl कुल ५ लाख २८ हजार रुपियाँ छात्रवृत्ति प्रदान गरियोl

सेमिनारको उद्घाटन साइन्स सिटीका निर्देशक अनुराग कुमारले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए भने उनले विशेष मन्तव्य राखेका थिए। एनसीएसएमका महानिर्देशक ए.डी. चौधरीले यस अवसरमा बोल्दै भने, ‘राष्ट्रिय विज्ञान सङ्ग्रहालय परिषद् (एनसीएसएम) ले सन् १९८२ देखि विद्यालयका विद्यार्थीहरूका लागि राष्ट्रिय विज्ञान सेमिनार (एनएसएस) आयोजना गर्दै आएको छ। यो वार्षिक कार्यक्रम हो जहाँ देशका विभिन्न भागका विद्यार्थीहरूले छलफल गर्छन्। शैक्षिक वर्षको सुरुमा घोषणा गरिएको विषय रहेको छ। दिगो विकासको अवधारणामा युवा पुस्तालाई शिक्षा दिनु परिवर्तन ल्याउन र वर्तमान र भावी पुस्ताको आवश्यकतालाई समर्थन गर्नसक्ने नयाँ संसार निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम हो। म यस विज्ञान सेमिनारमा सहयोग गर्न र विद्यार्थीहरूलाई सहभागी हुन प्रोत्साहित गरेकोमा सबै राज्य सरकारहरू/केन्द्र शासित प्रदेशका शिक्षा विभागहरूलाई धन्यवाद दिन यो अवसर लिन्छुl’

साइन्स सिटी कोलकाताका निर्देशक अनुराग कुमारले भने, ‘यो साझा गर्न पाउँदा मलाई धेरै खुशी लाग्छ कि साइन्स सिटी, कोलकाताले पहिलो पटक यस प्रतिष्ठित सेमिनारको आयोजना गरेको थियो र राष्ट्रिय विज्ञान सेमिनार, लद्दाखको पहिलो पटक सहभागी सेमिनारको विजेता घोषित भएको थियो। दुर्गम क्षेत्रबाट आएका र अवसर पाएमा चमत्कार गर्ने यी विद्यार्थीहरूको सफलताबाट थप विद्यार्थीहरू प्रेरित हुनेछन् भन्ने मलाई आशा छl’

उद्घाटन समारोहका प्रमुख अतिथि प्रा. ध्रुवज्योति चट्टोपाध्यायले जिल्ला–राज्यस्तरीय प्रतियोगिता सम्पन्न गरी राष्ट्रिय विज्ञान गोष्ठीमा प्रवेश गरेकोमा सहभागी सबैलाई बधाई दिँदै यस वर्षको सेमिनारको विषयले देशभरका विद्यार्थीमा चासो जगाउने बताए। सोही अवसरमा भारतीय सांख्यिकी संस्थान, कोलकाताका निर्देशक तथा समापन सत्रका प्रमुख अतिथि प्रा. संघमित्रा बन्दोपाध्यायले प्रतिष्ठित भारतीय सांख्यिकी संस्थानको बारेमा जानकारी दिँदै विद्यार्थीहरूलाई गणितमा रुचि विकास गर्न प्रोत्साहित गरिन्। यस सेमिनारका राष्ट्रिय संयोजक तथा साइन्स सिटी, कोलकाताका क्युरेटर बासुदेव मण्डलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement