खरसाङ: खरसाङ महकुमा अन्तर्गत घुम्ती चियाबारीमा युनाईटेड घुम्ती स्पोर्टिङ क्लबको आयोजनामा भईहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा आरियन सेभेन पुग्न सफल भएको छ। गत २५ सेप्टेम्बरदेखि शुरू भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको तेस्रो क्वाटर फाईनल खेल आरियन सेभेन खरसाङ बनाम ऋषि सेभेनबीच सम्पन्न भयो। यस खेलममा शून्यको विरूध्दमा तीन गोल (०-३)ले आरियन सेभेन सेभेनले जीत हाँसिल गर्दै सेमिफाइनल प्रवेश गर्ने तेस्रो दल बनेको छ। बिजेता दलबाट अमन राईले दुई गोल, अलकेश तामाङले एक गोल गरेका थिए। भोलि आईतबार हुने अन्तिम क्वाटर फाईनल खेल चाँद एफसी बनाम साकातार एफसीमाझ भीडन्त हुने समितिका सचिव प्रविन दर्नालले जानकारी दिएका छन्। उल्लेखनीय छ युनाईटेड घुम्ती स्पोर्टिङ क्लबको आयोजनामा भईरहेको उक्त नगदराशि फुटबल टुर्नामेन्टको बिजेतालाई एक लाख अनि उप बिजेतालाई पचास हजार प्रदान गरिने भएको छ।