खरसाङको अग्नि पीढित परिवारलाई एडवर्डद्वारा सहयोग

IMG_20221105_172915.jpg

अनित दाजु सभासदहरूको शिकारमा व्यस्त छन् हामी जनताको सेवामा लागि परेका छौं: अजय एडवर्ड

खरसाङ: अनित दाजुले सभासदहरूको शिकार गर्दै हिँड्दैछ, हामी भने- जनताको सेवा गर्दै हिँढ्दैछौं। यो मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको हो। गत तिहारको समयमा दार्जीलिङ पार्वतीय क्षेत्रको धेरैवटा क्षेत्रहरूमा आगो लाग्दा घरहरू जलेर स्वाह भएका थिए। घरविहीन जीवन बिताउँदै आईरहेका अग्नि पीढित परिवारहरूसँग दुःख साट्न हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड गईरहेका छन्। उनी विगत केही दिन अघि दार्जीलिङको चुङथुङ चिया बगान पुगेका थिए भने शुक्रबार कालेबुङ पुगेका थिए अनि अग्नि पिडित परिवारहरूसंग कुराकानी गर्दै नयाँ निर्माणको लागि आर्थिक सहयोग प्रदान गरेका थिए। यसै क्रममा आज खरसाङको गिध्दे पहाडको अग्नि पिडितसंग भेट गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड अनि उनको टिम पूगेका थिए। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले अग्नि पिडित परिवारलाई आँट र हौसला दिनु मात्र आएको हो भने। अग्नि पिडित परिवारहरूलाई नयाँ घरको निर्माण गर्न सुझाव दिन्दै घर निर्माणको निम्ति एक पिकअप गाडी सिमेन्ट दिने वचन दिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले अग्नि पिडित परिवारलाई घर बनाउने सुझाव दिए, घर निर्माणको लागि तपाईहरूलाई जे सामाग्रीहरू चाहिन्छ म दिन्छु भन्दै एक पिकअप गाडी एंव ४० बोरा सिमेन्ट दिने अध्यक्ष एडवार्डले वचन दिएका छन्। सिमेन्टलाई सुरक्षित स्थानमा राखेर चलाउनु होस नत्र फेरि सिमेन्टमा हावा पानी परेर बिग्रनु सक्छ भन्ने अध्यक्ष एडवार्डले सुझाव पनि दिएका छन्। खरसाङको गिध्दे पहाड समष्टि जीटीए चिफ एंव भागोप्रमो अध्यक्ष अनित थापाको आफ्नो समष्टि हो। गत तिहारको समयमा खरसाङको गिध्दे पहाड समष्टिको एक घरमा आगो लाग्दा घर सम्पत्ति जलेर स्वाहा भएका थिए। खरसाङको गिध्दे पहाडको एउटा घरमा आगो लागेको खबर पाउनसाथ हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले खरसाङ क्षेत्रको पार्टी कार्यकर्ताहरूलाई पठाएका थिए अनि केही सहयोग पुराएका थिए। खरसाङको पार्टी कार्यकर्ताहरूलाई अध्यक्ष अजय एडवार्डले आफु स्वयं आएर अग्नि पिडित परिवारसंग भेट गर्ने वचन दिएका थिए। त्यही वचन अनुरूप आज हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड अग्नि पिडितको घर पुगे अनि अग्नि पिडित परिवारसंग भेट गरेर कुराकानी गरेका छन्। यस अवधि अध्यक्ष एडवार्डले आफु केवल अग्नि पिडित परिवारलाई आँट र हौसला दिनु मात्र आएको हो भन्ने बताए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले भने, ‘अनित दाजु नेता किन्न र सभासदहरूको शिकार गर्न व्यस्त रहेको तर आफु र आफ्नो टिम भने आपतमा परेका जनताहरूलाई आँट र हौसला प्रदान गर्न गाउँ-गाउँ गईरहेको छु। तपाईहरू हरेश नखानु होस् तर जे जति सहयोग चाहिन्छ मलाई आफ्नो सम्झेर बताउनु हवस्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement