सिलगढी: वामपन्थी काउन्सिलरहरूले सिटी बोर्ड, सिलगढी, डेंगुकाे रोकथाममा असफल भएको आरोप लगाएकाे छ। डेंगुकाे रोकथाममा नगरपालिका पूर्ण रुपमा असफल भएको आरोप लगाउँदै वामपन्थी परिषद्का सदस्यहरुले शुक्रबारदेखि जनतालाई सचेत गराउन विभिन्न कार्यक्रम थालेका छन्। सिलगढी महानगरपालिकाको वार्ड नम्बर २९ बाट सुरु गरी ४७ मा जनसम्पर्क र सचेतना सिर्जना गरिनेछ। आज देशबन्धुपाराको वडा नम्बर २९ को कार्यालय अगाडि वडावासीले सचेतना र्याली निकालेका छन्।