५ नोभेम्बरः मिनिस्टर्स गोल्ड कप इन्भिटेशनल फूटबल टुर्नामेण्टको दोस्रो संस्करण आउँदो १४ नोभेम्बरदेखि शुरु हुनेछ। दरमदिन खेलकुद संघ (डी.के.के.एस.), सिक्किमको तत्त्वावधानमा आयोजन गरिने यस प्रतिष्ठित टुर्नामेण्टका म्याचहरू स्थानीय सोमबारिया स्कूल खेल मैदानमा हुनेछ। टुर्नामेण्टमा जम्मा दशवटा शीर्ष टीमहरूले हिस्सा लिनेछ। उद्घाटन म्याचमा सञ्जु फूटबल एकाडमी (सोमबारे) र सिक्किम आक्रमण एफसी-बीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल २० र २१ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २३ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।