पहाडको समस्या समाधानका लागि अगाडि आउने दलले मात्रै मोर्चाको समर्थन पाउँछ: विमल गुरुङ

IMG_20221105_113408.jpg

सिलगढी: पहाडमा राजनीतिक रूपमा सिमान्तकृत गोर्खा जनमुक्ति मोर्चा (GJMM) का अध्यक्ष विमल गुरुङले फेरि एकपटक छुट्टै गोर्खाल्याण्ड राज्यको मुद्दा उठाउँदै आफ्नो हराएको भूमि फिर्ता लिन खोजेका छन्।सञ्चारकर्मीसँग कुरा गर्दै विमल गुरुङले मंसिरमा राजधानी दिल्लीमा गोरखा नेताहरुको महत्वपूर्ण बैठक बस्ने बताए। सो बैठकमा छुट्टै गोर्खाल्याण्ड राज्यको विषयमा निर्णय हुनेछ। सिलगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै मोर्चाका प्रमुख विमल गुरुङले भने, ‘पहाडको समस्या समाधान गर्न अगाडि आउने पार्टीलाई २०२४ को लोकसभा चुनावमा समर्थन गरिनेछ। ‘उल्लेखनीय कुरा के छ भने, २०२१ को विधानसभा चुनावमा मोर्चाले तृणमूलसँग गठबन्धन गरेको थियो। विमल गुरुङले प्रदेश सरकारले आफ्नो वाचा पूरा नगरेको आरोप लगाए। यस्तो अवस्थामा आगामी लोकसभा चुनावमा विमल गुरुङको पार्टी कुन पक्षमा जान्छ भन्नेमा सबै राजनीतिक दलको नजर छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement