मुम्बईको जेजे अस्पतालमा ब्रिटिशकालीन १३२ साल पुरानो सुरूङ

images_1587108533014_805485_jj_group_of_hospitals.jpg

मुम्बई: मुम्बईको जेजे अस्पतालमा ब्रिटिशकालीन १३२ साल पुरानो सुरूङ भेटिएको छ। लगभग २०० मिटर लामो यो सुरूङ अङ्ग्रेजहरूले बनाएको थियो। अस्पताल प्रबन्धनले सुरूङ भेटिएपछि यसको जानकारी पुरातत्व विभागलाई दिएका थिए। यस सुरूङको विषयमा अझ धेरै जानकारी प्राप्त गर्ने प्रयास गरिॅंदैछ।
जेजे अस्पतालमा डा. अरूण राठोड नर्सिङ कलेज परिसरमा घुमिरहेका थिए। अचानक उनले केही भिन्नै देखे अनि छेउछाउको माटो हटाउन लगाएपछि सुरूङ भेटियो। त्यसपछि, कर्मचारीहरूको मद्दतद्वारा सुरूङको निरीक्षण गरियो। अस्पताल अनुसार, यो सुरूङ डिलीवरी वार्डदेखि लिएर नानीहरूको वार्डसम्म फैलिएको छ र अस्पतालको दुई भवनलाई एकअर्कासित जोड्दछ।

टनलको लम्बाई २०० मिटर रहेको छ। सर जेजे अस्पतालको भवन १७७ साल पहिला बनाइएको थियो। पुरातत्व विभागले यस सुरूङको अध्ययन गरेपछि आफ्नो रिपोर्ट प्रशासनलाई बुझाउने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *