राष्ट्रपति द्रौपदी मुर्मुले अटल सेतु र चिसोपानी ट्राफिक सुरुङको उद्घाटन गरीन्

IMG-20221104-WA0299.jpg

गान्तोक। राष्ट्रपति द्रौपदी मुर्मुले शुक्रबार रानफुमा नवनिर्मित अटल सेतु पुल र चिसोपानी ट्राफिक च्यानलको औपचारिक उद्घाटन गरेकी छन् । राजधानीको मनान सेन्टरमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति मुर्मुले भर्चुअल माध्यमबाट दुईवटा पूर्वाधारको उद्घाटन गरे। सो अवसरमा राष्ट्रपतिले सिङ्ताममा प्रस्तावित ३ सय शैयाको जिल्ला अस्पतालको शिलान्यास गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रपति मुर्मुसँगै राज्यपाल गंगा प्रसाद र मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि उपस्थित थिए।

सिक्किम (राम्फु) र पश्चिम बंगाललाई जोड्ने अटल सेतु पुलको लम्बाइ १,१२३ किमी छ। रु ५५.७९ करोडको लागतमा पुल निर्माण भएको हो भने चिसोपानी ट्राफिक सुरुङको लम्बाइ ०.४२० किलोमिटर रहेको र २९ करोडको लागतमा निर्माण भएको हो। उल्लेखनीय कुरा के छ भने राष्ट्रपति द्रौपदी मुर्मु आज दुई दिने भ्रमणमा सिक्किम पुगेकी छन्। उनीहरु आज सेनाको हेलिकप्टरबाट लिबिङको हेलिप्याडमा अवतरण गरेका हुन्। हेलिप्याडमा उनलाई राज्यपाल, मुख्यमन्त्री, सभामुखलगायत विशिष्ट व्यक्तिले स्वागत गरेका थिए। पहिलो पटक सिक्किमको औपचारिक भ्रमणमा रहेका राष्ट्रपतिलाई २३ राजपूत बटालियनका सिपाहीहरूले गार्ड अफ अनर प्रदान गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *