संविधानको धारा ३७१एफ विरुद्ध बयान दिने युवक पक्राउ

Hand-Cuff-3

गान्तोक: गगान्तोक: सिक्किम र सिक्किमको संवैधानिक सुरक्षा कवच धारा ३७१एफ बिरूद्ध बयान दिने सामन्त कुमार गुप्तालाई सिक्किम पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार आरोहीलाई हिजो गान्तोक ल्याइएको छ।

उल्लेखनीय छ, गत केही महिना अघि एकजना सामन्त कुमार गुप्ता नाम गरेको एक बिहारी नागरिकले नयाँ दिल्लीको जन्तर मन्तरबाट सिक्किम राज्यको संवैधानिक सुरक्षा कवच ३७१एफ को विरोधमा टिप्पणी गर्दै यस धारालाई संविधानबाट हटाइनुपर्ने माग गरेका थिए। उक्त घट्नाले सिक्किमेहरू भावनामा गहिरो चोट लागेको थियो भने राज्यमा विरोधको उग्र लहर छाएको थियो। सामाजिक सञ्जालमा त झनै विरोधको आगो नै सल्किएको थियो। विभिन्न राजनीतिक पार्टी र सङ्घ संस्थाले यसको विरोध जनाउँदै आरोपीलाई पक्राउ गर्ने मागरेको थियो भने गान्तोकको सदर थानामा प्राथमिकी पनि दर्ता गरिएको थियो।

यसैबीच राज्यका मुख्यमन्त्री पीएस गोलेले १६ सेप्टेम्बरको दिन विधानसभामा आरोपी युवकलाई पक्राउ गर्न चार सदस्यीय पुलिस दल नयाँ दिल्ली पठाएको जानकारी गराएका थिए। त्यसपछि बिस्तारै यो कुरा सेलाउँदै गएको थियो। तर, सिक्किम पुलिस भने आफ्नो काममा निरन्तर लागिपरेको थियो। गान्तोबाट गएको उक्त पुलिस दलले आरोपी सामन्त कुमारलाई बिहारबाट पक्राउ गरेर ल्याएको छ। पुलिस सूत्रले यसको पुष्टि गरेको छ।

पुलिस अहिले आरोपी विरुद्ध कार्यवाहीरो तयारी गरिरहेको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *