गान्तोक निर्वाचन क्षेत्रका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई अन्तिम प्रशिक्षण

IMG-20221104-WA0302.jpg

गान्तोक: आगामी १० नोभेम्बरमा सम्पन्न हुने पञ्चायत चुनाउ तयारीलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम आज टाशी नामग्याल उच्च्त्तर माध्यमि विद्यालयको प्रेक्षागृहमा सम्पन्न भयो। गान्तोक जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रमको देखरेख एसिस्टेन्ट रिटर्निङ अधिकारी एवंम अतिरिक्त जिल्लापाल तुषार निखारलेले गरेका थिए। यस अवसरमा विशेष गरेर पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई इभीएम सञ्चालनबारे तालिम प्रदान गरियो। प्रत्येक टोलीमा ६ जना सद्स्यहरू रहेका छन् भने उनीहरूले सम्वन्धित वार्डमा पुगेर चुनाउ सम्पन्न गराउनेछन्। यसरी नै उनीहरूलाई इभीएम खोल्ने र सिल गर्ने विधिबारे पनि जानकारी गराइयो। यस अवसरमा अतिरिक्त निर्देशक निखारलेले प्रिसाइडिङ र पोलिङ अधिकारीसँग अन्तक्रिया पनि गरे। उनले चुनाउको समयमा प्रिसाइडिङ र पोलिङ अधिकारीहरूक भूमिकाबारे विस्तृतरूपमा अवगत गराए। उनले सबै जना चुनाउको निम्ति मानसिकरूपमा तयार हुनु पर्ने र कुनै एक जना केही भएको खण्डमा सञ्चालन गर्न सक्नु पर्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *