सिक्किम सरकारद्वारा आयोजित नागरिक स्वागत समारोहमा सहभागी बनिन् राष्ट्रपति द्रौपदी मुर्मु

IMG-20221104-WA0298.jpg

शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र पर्यटन सम्बन्धी विभिन्न परियोजनाहरूको उद्घाटन/ शिलान्यास गरिन्

गान्तोक: भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले सिक्किम सरकारद्वारा उनको सम्मानमा आयोजना गरेको नागरिक स्वागत समारोहमा सहभागी भइन्l शुक्रबार ४ नोभेम्बरको दिन गान्तोकमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र पर्यटनसँग सम्बन्धित विभिन्न परियोजनाहरूको उद्घाटन/शिलान्यास गरिन्। सो अवसरमा बोल्दै राष्ट्रपति मुर्मुले पूर्वी हिमालय क्षेत्रमा अवस्थित सिक्किम भारतको सबैभन्दा सुन्दर राज्य भएको बताइन्। उनले भनिन्, ‘यो हिउँले भरिएका चुचुराहरू, घना जङ्गलहरू, दुर्लभ वनस्पति र जीवजन्तुहरू, सुन्दर तालहरू र पवित्र नदीहरू, टिस्टा र रंगितले आशीर्वादित छ। यसले सिक्किमको प्राकृतिक सौन्दर्यलाई अझ आकर्षक बनाउँछ। सिक्किमको समृद्ध सांस्कृतिक सम्पदा पनि छ जसले विभिन्न समुदायको संस्कृति झल्काउँछl’

८० प्रतिशतभन्दा बढी साक्षरता दर भएको सिक्किम शिक्षाको दृष्टिले अग्रणी राज्यहरूमध्ये एक भएकोमा राष्ट्रपति मुर्मुले खुशी व्यक्त गरिन् गर्नुभयो। ‘उच्च शिक्षाको लागि भर्नामा यो देशमा पहिलो स्थानमा छ’, उनले भनिन्l सिक्किममा केटाहरूको तुलनामा केटीहरूको भर्ना धेरै भएको कुरामा उनी खुशी थिइन्। उनले भनिन्, ‘यसले सिक्किमका जनताको शिक्षाप्रतिको प्राथमिकतालाई देखाउँछl’ राष्ट्रपतिले नोट गरे कि सिक्किमले देशका सबै राज्यहरूमा सबैभन्दा कम प्लास्टिक फोहोर उत्पादन गर्छ। उनले भनिन्, ‘यसले सफाइ र दिगो विकासप्रति सिक्किमका जनताको प्रतिबद्धता झल्काउँछl’ उनले यी उपलब्धिहरूका लागि सिक्किमका जनताको प्रशंसा गरिन् र सरसफाइको यो मोडेललाई अन्य राज्यका मानिसहरूले पनि अनुसरण गर्न सक्ने बताइन्।

राष्ट्रपतिले सिक्किमले अर्गानिक खेतीको नमुना बनेर अन्य राज्यका लागि उदाहरण बसेको बताइन्। उनले भनिन्, ‘यो राज्यले देशकै पहिलो ‘अर्गानिक राज्य’को हैसियत हासिल गरेको छ। सिक्किमले प्लास्टिक, कीटनाशक र रसायनको प्रयोगमा प्रतिबन्ध लगाएर वातावरणमैत्री विकासको नयाँ मापदण्ड बनाएको छl’ सिक्किम एक ऊर्जा बचत राज्य रहेको र नवीकरणीय स्रोतहरूबाट ऊर्जा उत्पादनको क्षेत्रमा देशमा दोस्रो स्थानमा रहेको कुरामा उनले खुशी प्रकट गरिन्। राष्ट्रपति मुर्मुले आज शिक्षा, स्वास्थ्य, पर्यटन र सडकसँग सम्बन्धित परियोजनाहरूको उद्घाटन/शिलान्यासले सिक्किमको विकास र राज्यको अर्थतन्त्रलाई बलियो बनाउन नयाँ गति दिने विश्वास व्यक्त गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement