तीन दिवसीय अन्तर विद्यालय चेस प्रतियोगिता शुरू

IMG-20221104-WA0300.jpg

गान्तोक: सिक्किम चेस एसोसिएशनको पहलमा आजदेखि तीन दिवसीय अन्तरविद्यालय खुल्ला पुरूष- महिला चेस प्रतियोगिता शुरू भयो। देउरालीस्थित समाज घरमा सम्पन्न भएको चेस प्रतियोगिताको उदघाटन विधायक जीटी ढुङ्गेलले गरे। यस प्रतियोगितामा राज्यका विभिन्न विद्यालयबाट तीनसय भन्दा अधिकारी खेलाडीहरूले सहभागिता जनाएका छन्। आयोजक समितिका महासचिव महेन्द्र ढकालले जानकारी गराए अनुसार महिला र पुरूष दुवैवर्गले सहभागिता जनाएका छन्। यस तीन दिवसीय प्रतियोगिताको फाइनल खेल आगामी ६ नोभेम्बरको दिन हुने उनले बताएका छन्। राज्यको कुना कुनामा चेस पुगिसकेको र हाल सबै विद्यालयका नानीहरूले चेसमा रूची देखाएको उनले बताएका छन्। उनको भनाइ अनुसार एसोसिएशनले प्रत्येक वर्ष राज्यभरिका विद्यालयलाई लिएर चेस प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *