कवयित्री तथा नारी हस्ताक्षर वीणाश्री खरेलको निधन

akpcc.jpg

गान्तोक: कवियात्री वीणाश्री खरेल प्रधान हामी माझ सशरीर रहेनन्। शुक्रबार बिहान उनको निधन भएको परिवारिक सुत्रले जानकारी दिएको छ। उनी ६६ वर्ष पुगेकी थिइन्। आफ्ना कवितामार्फत नेपाली साहित्यमा छुट्टै लोकप्रियता कमाएकी सिक्किम देउराली निवासी वीणाश्री खरेल प्रधान केही समयदेखि अस्वास्थ थिइन्।

उनलाई केही समयअघि मात्र सिलगढीको मतिगढास्थित निओटिया नर्सिङ होममा उपचारको निम्ति भर्ना गरिएको थियो भने आज बिहान उपचारको क्रममा उनको निधन भएको हो। उनले आफू पछि दुई छोरा-बुहारी नाता-नातिनी छाडिगएकी छन्।

४ मई, १९५६ मा जन्मिएकी वीणाश्री खरेल प्रधानका “प्रश्नचिह्न (१९९७), मेरो बकपत्र (२००३), मनको सङ्घार (२००९), शेष अवशेष (२०१८) र महक रजनीगन्ध (२०१९)” गरि पाँचवटा कविता संग्रह प्रकाशित छन्।

यसैगरी उनका “केही पल केही क्षण (संस्मरण २०१६) र विमुखता (अनूदित कथा संग्रह २०१३) पनि प्रकाशित छन्।

उनी स्रष्टा पुरस्कार र कमल आँशु स्मृति ट्रस्टद्घारा पुरस्कृत भएकी थिइन्। साथै नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएवापत नेपाल एकीकृत विकास केन्द्र काठमाडौ, सिद्धि प्रकाशन गेजिङ र गान्तोक प्रतिभा मिलनद्घारा अभिनन्दित भएकी थिइन्। यसैगरी कवियात्री वीणाश्री खरेल प्रधानलाई २०१४ मा नेपाली साहित्य परिषदले साहित्य सेवाश्री सम्मानले सम्मानित गरेको थियो।

साहित्य भनेपछि मरिमेट्ने मृदुभाषी कवियात्री वीणाश्री खरेल प्रधानको निधनले शोकको लहर छाएको छ। शोकाकुल परिवारबाट प्राप्त जानकारी अनुसार वहाँको दाह संस्कार भोलि ५ नोभेम्बरको दिन गरिने निश्चय भएको छ। आज बेलुकीसम्म वहाँको पार्थिव शरीर सिलगढीदेखि गान्तोकमास्थित उनको निवजी निवासमा ल्याइने पनि जानकारी पाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *