इस्लामपुर: विभिन्न दलका एक सयभन्दा बढी कार्यकर्ता तथा समर्थक शुक्रबार कांग्रेस प्रवेश गरेका छन्। ब्लक कांग्रेसले शुक्रबार दिउँसो इस्लामपुर सिटी प्रहरी चौकी नजिकैको इलाकामा रहेको कांग्रेस पार्टी कार्यालय अगाडि बैठक आयोजना गरेको हो। बैठकमा विभिन्न दलका सयभन्दा बढी कार्यकर्ता तथा समर्थक कांग्रेसमा प्रवेश गरेका थिए। इस्लामपुर ब्लाक कांग्रेस अध्यक्ष सदीकुल इस्लाम र कांग्रेस प्रदेश समिति सदस्य अल्तमास चौधरीले सबैको हातमा कांग्रेस पार्टीको झण्डा प्रदान गरे। बैठकमा कांग्रेसका धेरै नेताहरुको उपस्थिति रहेको थियो।