सिस्टमको कुरा गर्नेले हाम्रो सभासद थुत्ने काम गर्दैछ: अजय एडवर्ड
कालेबुङ: सिस्टमको कुरा गर्नेले सभासदहरू थुत्ने काम गर्दैछ भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड आज कालेबुङ पुगेका थिए।यस अवधि उनले गत केही दिन अघि कालेबुङको रौसेमा भएको अग्निकाण्ड क्षेत्रको पनि भ्रमण गरेका थिए। यसै अवधि पत्रकारहरूसंगको कुराकानीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले यस वर्षको तिहारको समयमा पहाडको धेरैवटा स्थानहरूमा आगो लागेको हामीले समाजिक सञ्जालबाट हेर्न पायौं।एकातिर तिहारको रमझम, अर्काेतिर आगोले घर सल्काएको दृश्यले हामी सबैको मन नरमाइलो बनाएको बताए। अरू बेला जे जस्तो भएता पनि मानिसलाई परेको बेला खडा हुनपर्छ भन्ने सोच लिएर नै आज हामी यहाँ आएका हौं भन्दै अध्यक्ष एडवार्डले दार्जीलिङको ग्रामीण क्षेत्रमा पनि आगो लाग्दा घर जलेर स्वाहा भएको थियो अनि आफु त्यहाँ पनि पुगेको थिए। आज कालेबुङ आएको छु अनि भोलि पर्सीतिर खरसाङमा भएको अग्नि काण्ड स्थलमा पनि जानेछु भनी बताएका छन् । हामी मध्यमवर्गको परिवारहरूलाई एउटा घरको निर्माण गर्न धेरै संघर्ष गर्नुपर्छ, त्यसकारण आगोले घर स्वाहा बनाएका पिडित परिवारहरूसंग आफुले भेट गर्दै घर निर्माणको निम्ति सहयोग पुराउँदै आईरहेको अध्यक्ष एडवार्डले भने। उनले अघि भने, घर निर्माण कार्यमा सहयोग गर्दा साह्रो त पर्छ, तर पनि आफुले आफ्नो मनदेखि नै सहयोग पुराउँदै आईरहेको छौं।प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले यी दुई सभासदहरूलाई आफुले आफ्नो पक्षबाट व्यक्तिगत रूपमा विदाई दिईसकेको बताए तर यस विषयमाथि पार्टीले शीघ्र नै बैठक डाकेर निर्णय लिनेछ भन्ने पनि जनाएका छन्। उनले अझ भने, सिस्टमको कुरा गर्नेले नै यी सभासदहरूलाई पैसा,चौकी अनि पावरको प्रलोभन देखाएपछि उनीहरूले पार्टीको जरा काट्ने काम गरेका थिए भनी बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले समस्त पहाडवासीहरूप्रति क्षमा माग्दै सभासद उम्मेद्वारको चयनमा आफुबाट ठूलो चूक भएको बताउँदै राजनीतिको मैदानमा आफु नौलो भएको हुनाले आफुबाट पनि केही भूल अनि गल्तीहरू भएको छ, ती भूल र गल्तीहरू टलाई आफुले आफ्नो हितैसीहरू साथै आफ्नो टीमसंग कुराकानी गरेर संगालेर अघि लैजाने पनि बताए।