अहिले गोर्खाल्याण्ड नभएर प्रोपागान्डा ल्याण्ड बनिसकेको छ हाम्रो मुद्दा: एसपी शर्मा

IMG-20221104-WA0143.jpg

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल पश्चात पत्रकारले सोधेको प्रश्नलाई जवाब दिँदै एसपी शर्माले आफूहरु पार्टीमा सामेल हुनुको कारण विषयमा बताएका छन्। उनले दार्जीलिङको राजनैतिक परिवेश कसैबाट लुकेको छैन भन्दै हाम्रो कुनै पनि मुद्दा पार लागेको छैन र छुट्टै राज्यको मुद्दामा चुनाव जित्नेले काम गरेको छैन भनी बताएका छन्। एसपी शर्माले भने, ‘२०२४ को चुनाव आउँदैछ। प्रोपागान्डा पनि थरी थरीको आईरहेको छ। अहिले गोर्खाल्याण्ड नभएर प्रोपागान्डा ल्याण्ड बनिसकेको छ हाम्रो मुद्दा।
विकासको मुद्दामाथि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अडान स्पष्ट थियो। विकास गर्छु भन्नेलाई विकास गर्नु दिनुपर्छ।
अलग अलग संस्था भएर किन् काम गर्ने? किन् सँगै मिलेर काम नगर्ने भनेर हामी एक साथ काम गर्न एक भएका हौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement