खरसाङमा २८औं राष्ट्रिय साहसिक कार्यक्रम सम्पन्न

IMG-20221104-WA0277.jpg

खरसाङ: राष्ट्रिय साहसिक इन्स्टीट्युट खरसाङ दार्जिलिङमा २८औं राष्ट्रिय साहसिक कार्यक्रम शुरु भएको छ। उक्त कार्यक्रम जुनियर इन्सक्रक्टर विवेककुमार दासको अगुवाईमा अनि कार्यालय सचिव कञ्चन रोय लगायत आमन्त्रित तीनजना स्टाफहरूको सहयोगमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा केन्द्रीय विद्यालय, नवोदय विद्यालय राजस्थान अनि पश्चिम बंगालका जम्मा ५७ जना सहभागीहरूले भाग लिएका थिए। उक्त राष्ट्रिय साहसिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा जेएनभी दुर्गापुरका प्राचार्य जेके महापात्रा उपस्थित थिए। उनले नै २८औं राष्ट्रिय साहसिक कार्यक्रमको उदघाटन गरेका थिए। विभिन्न राज्यहरूबाट आएका सहभागीहरूले विभिन्न प्रकारका कार्यक्रमहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा राज्य कमिशनर जोगेन्द्र प्रसाद, साहसिक कार्यक्रमको नोडल अफिसर डा चन्द्र सेन आदिले पनि कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिलाई जोगेन्द्र प्रसाद, विवेक कुमार दास आदिद्वारा मायाको चिन्ह प्रदान गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन कार्यालय सचिव कञ्चन रोयले राखेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *