सलोनी राई स्मृति नक्आउट फूटबलः शक्ति संघ कालीझोड़ा फाइनलमा

IMG_20221104_190548.jpg

४ नोभेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार शक्ति संघ कालीझोड़ाले जीत हासिल गरी फाइनलमा स्थान बनायो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको दोस्रो सेमिफाइनल म्याचमा शक्ति संघ कालीझोड़ाले प्रशान्ति ग्राम (मंगपू)-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सोनम लेप्चाले २ गोल गरे। यसबाहेक सत्यम शर्मा र रोहनले १-१ गोल गरे। यसरी नै प्रशान्ति ग्रामबाट दिवस तामाङले १ गोल गरे। अब ६ नोभेम्बरमा खेलिने फाइनलमा शक्ति संघ कालीझोड़ा र युनाइटेड ब्रदर्स (मानेभञ्ज्यांग)-बीच भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement