एसपी शर्मा आधिकारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20221104-WA0143.jpg

चुनिएको भागोप्रमोको केन्द्रीय प्रवक्ता

दार्जिलिङ: दार्जीलिङको जर्ज बजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एउटा कार्यक्रममा एसपी शर्मा लगायत अन्य चार जनाले आधाकारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा ग्रहण गरी पार्टीमा सामेल भएका छन्। पार्टीमा आधाकारिक रूपमा सामेल भएपछि एसपी शर्मालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय प्रवक्ताको रूपमा नियुक्त गरिएको छ। पार्टी अध्यक्ष अनित थापा, महासचिव अमर लामा, पार्टीका वरिष्ठ नेतृत्वहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा उनीहरू पार्टीमा सामेल भएका छन्। उनीहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष अनित थापाले भने, “एसपी शर्माले हामीलाई जीटीए चुनाव समयदेखि नै परोक्ष रूपमा सहयोग गरिरहेका थिए। उनीसंग पहाडको विकास अनि शान्तिको निम्ति मेरो धेरै समयदेखि नै वार्तालाप भइरहेको थियो। आज उनी अनि उनको टिमलाई हामी हाम्रो परिवारमा स्वागत गर्दछौं।”
पार्टी महासचिव अमर लामाले एसपी शर्मालाई केन्द्रीय प्रवक्ताको नियुक्ति पत्र पनि प्रदान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement