सुकिया पोखरीमा ओपन फूटबल टुर्नामेण्ट ६ नोभेम्बरदेखि

IMG-20221104-WA0234.jpg

४ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आउँदो ६ नोभेम्बर (आइतवार)-देखि ओपन फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। माझीधुरा खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिनेछ। आइतवार खेलिने उद्घाटन म्याचमा सुकिया एफसी र किरण गाउँ केके संघबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजक माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लबका अध्यक्ष अर्जुन तामाङ र सचिव सोनम तामाङले समस्त खेलप्रेमीहरूलाई मैदानमा उपस्थित रहेर खेलको आनन्द लिने आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement