कञ्चनजंघा फूटबल क्लब क्वार्टर फाइनलमा

IMG-20221104-WA0231.jpg

४ नोभेम्बरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले क्वार्टर फाइनलमा स्थान बनायो। अप्पर फागू खेल मैदानमा बिहीवार भएको पहिलो राउण्डको अन्तिम म्याचमा केएफसी-ले सिंगलिंग स्पोर्टिंग क्लब (सिक्किम)-लाई ३-२-ले पराजित गऱ्यो। सिलगढ़ीको क्लबबाट दर्पण ताामङ, गणेश अनि राम राईले गोल गरे। यसरी नै सिंगलिंग स्पोर्टिंग क्लबबाट टांको र प्रशान्तले गोल गरे। विजेता टीमका राम राईलाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई केएफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधानको बाहुलीबाट ट्रफी प्रदान गरियो। अब शनिवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा रिम्बिक लोधोमा (दार्जीलिङ) र जंक्शन स्टार (सिलगढ़ी)-बीच भिड़न्त हुनेछ।

यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ९ र ११ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १४ नोभेम्बरमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट हिमाल राणाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement