दार्जीलिङ: अबैद्य निर्माणहरूमाथि दार्जीलिङ नगरपालिकाको हम्मर हिर्काउँने क्रम जारी छ। यसैक्रममा आज दार्जीलि²ङ नगरपालिकाको वार्ड नम्बर २९ अन्तर्गत सिंहमारी स्थित एक अबैद्य निर्माण माथि दार्जीलिङ नगरपालिकाले हम्मर हिर्काए। यस अवधि दार्जीलिङ नगरपालिकाको कर्मचारीहरूसंग भाइस चेयरम्यान याङजी शेर्पा लगायत अन्य विभागीय अधिकारी एंव नगरपार्षदहरू उपस्थित रहेका थिए। दार्जीलिङ नगरपालिकाले नगरपालिका क्षेत्रहरूको अबैद्य निर्माणहरूलाई चिहिन्त गर्दै नोटिस पठाएका थिए तर अबैद्य निर्माणकारीहरूले पालिकाद्वारा जारी गरेको नोटिसलाई चूनौती दिन्दै कतिपय निर्माणकारीहरूले न्यायलयमा याचिका दर्ता गरेका छन भने कतिपय निर्माणकारीहरूले बेवस्ता गरेर बसेका थिए।दार्जीलिङ नगरपालिकाले आठवटा अबैद्य निर्माणहरू विरूद्व नोटिस जारी गरेका थिए जसमा चार जना निर्माणकारीहरूले न्यायलयमा याचिका दर्ता गरेका छन भने अन्य चार जना निर्माणकारीहरूले बेवस्ता गरेका थिए। यी चार जना बेवस्ता गर्ने निर्माणकारीहरू विरूद्व दार्जीलिङ नगरपालिकाले हिज विहिबार वार्ड नम्बर १४ मा अबैद्य निर्माणमाथि दार्जीलि²ङ नगरपालिकाले हम्मर चलाएका थिए भने आज वार्ड नम्बर २९ को अबैद्य निर्माणमाथि हम्मर चलाएका छन।त्यसरी नै अन्य दुईवटा अबैद्य निर्माणहरूमाथि पनि पालिकाले हम्मर चलाउँने कार्य गर्ने तय देखिएको छ।

यसरी नै अन्य चारवटा अबैद्य निर्माणहरूमाथि १४ नोभेम्बरको दिन सुनाई हुने तय भएको छ। सुनाईपछि पालिकाले आफ्नो अडान स्पष्ट गर्ने छाँट देखा परेको छ।