दार्जीलिङ जिल्ला अस्पतालमा सीटी स्क्यान जडान

IMG-20221104-WA0182.jpg

दार्जीलिङ: जीटीए प्रमुख कार्यपाल अनित थापाले दार्जीलिङ्ग जिल्ला अस्पतालमा जडान गरिएको सीटी स्क्यान मसिनको आज विधिवत उदघाटन गरे। उदघाटन समय रोगी कल्याण समिति, दार्जिलिङका अध्यक्ष अमर राईको उपस्थिति रहेको थियो।

करिब एक वर्ष देखि नै अस्पताल मा मसिन जडान गरिनु पर्छ भन्ने मांग भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गर्दै आएको थियो। अमर राई ले राज्य सरकार अनि स्वास्थ्य विभाग संग पत्राचार पनि गरेका थिए। यसै मांग अनुसार राज्य सरकारले मसिन जडान गरेको बताएका छन्।

About Author

Advertisement