केन्द्र र प्रदेश सरकारका विभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने
सिलगढी: राष्ट्रपति द्रौपदी मुर्मु सिक्किमको दुई दिने भ्रमणमा आज गान्तोक आइपुगेकी छिन्। राष्ट्रपति आज दिउँसो भारतीय वायुसेनाको एमआई–१७ विमानबाट लिबिङस्थित सैनिक हेलिप्याड पुगेका हुन्। राज्यपाल गंगा प्रसाद, मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम विधान सभाका अध्यक्ष अरुण उप्रेती, वरिष्ठ क्याबिनेट मन्त्री कुंगा नीमा लेप्चा र मुख्य सचिव वी.बी. पाठक, प्रहरी महानिर्देशक ए. सुधाकर रावलगायत राज्य सरकारका शीर्ष अधिकारीहरूले उनलाई स्वागत गरे।सिक्किमको पहिलो भ्रमणमा आएका राष्ट्रपतिलाई २३ राजपूत बटालियनले गार्ड अफ अनर प्रदान गरेको थियो। त्यसपछि राष्ट्रपतिको टोली राजभवन गान्तोकतर्फ प्रस्थान गरेको थियो।

राष्ट्रपति मुर्मु आफ्नो पहिलो दुई दिने सिक्किम भ्रमणमा छन्। उनले आज साँझ मनन केन्द्रमा आयोजना हुने कार्यक्रममा प्रदेश र केन्द्रीय आयोजनाको उद्घाटन र शिलान्यास गर्ने छन्।