सिलगढी: किराना पसलको आडमा लागुऔषधको कारोबार भइरहेको छ। सिलगढी महानगरीय प्रहरी अन्तर्गत भक्ति नगर थानाको पुलिसले यसलाई पर्दाफाश गरेको हो। प्रहरी स्रोतका अनुसार सिलगढीको वार्ड नम्बर ४३ को गान्धीनगर इलाकामा रहेको एउटा किराना पसलको आडमा लामो समयदेखि नशालु ट्याब्लेट र कफ सिरपको कारोबार चलिरहेको थियो। यस्तो सूचना पाएपछि बिहीबार राति भक्तिनगर प्रहरी चौकीले पसलमा छापा मारेर १३६ थान लागुऔषध ट्याब्लेट र १३ बोतल प्रतिबन्धित कफ सिरप बरामद गरेको थियो भने पसलका सञ्चालक सोनु श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको थियो। पुलिसले आरोपी विरुद्ध एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ। आरोपीलाई जलपाईगुडी अदालतमा पठाइएको छ।