मालदा : सडकमा आवारा कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालक दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। घटना बिहीबार रातिको अंग्रेजी बजार प्रहरी चौकी क्षेत्र मोहनपाडा क्षेत्रको हो। घाइते मोटरसाइकल चालकको नाम आकाश मण्डल (३०) रहेको पारिवारिक स्रोतले जनाएको छ। उनी अंग्रेजीबजार थानाको राई गाउँ इलाकाका बासिन्दा हुन् ।जानकारीका अनुसार काम सकेर घर जाने क्रममा मोहनपाडा क्षेत्रमा सडकमा रहेको कुकुरलाई बचाउन खोज्दा मोटरसाइकलको नियन्त्रण गुमाएर दुर्घटनामा परेको हो। दुर्घटनापछि स्थानीयले हतारमा उनलाई माल्दा मेडिकल कलेज र अस्पतालमा भर्ना गरेका थिए।