प्रिसाइडिङ र पुलिस अफिसरहरूको प्रशिक्षण समाप्त

IMG-20221103-WA0303.jpg

गान्तोक: आगामी १० नोभेम्बरको दिन सम्पन्न हुन गइरहेको पञ्चायत चुनाउलाई लिएर गान्तोक जिल्लाका प्रिसाइडिङ र पुलिङ अफिसर (वान) हरूको तेस्रो तथा अन्तिम चरण र पुलिस अफिसर (दोस्रोदेखि पाँचौ) हरूको पहिलो तथा अन्तिम चरणको प्रशिक्षण आज समाप्त भयो। टाशी नामग्यल वरिष्ट माध्यामिक विद्यालको प्राक्षागृहमा आयोजित यस प्रशिक्षण कार्यक्रममा शिक्षा विभागका विशेष सचिव तथा गान्तोक जिल्लाका निम्ति पञ्चायत चुनाउका पर्यवेक्षक श्रीमती किन्चो डोमा लेप्चाको विशेष उपस्थिति रहेको थियो। यसरी नै गान्तोक जिल्लाका अतिरिक्त जल्लापाल तथा रिटर्निङ अफिसर साथै अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

दुई दिन व्यापी यस प्रशिक्षण शिविरमा प्रिसाइडिङ र पुलिङ अफिसरहरूलाई विशेषज्ञहरूद्वारा चुनाउ सम्बन्धी विभिन्न तालिम र जानकारी गराइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *