भारतीय क्रिकेट कप्तान विराट कोहलीमाथि वांग्लादेशी खेलाडीले लगाए “फेक फिल्डिङ”को आरोप

WhatsApp-Image-2022-11-03-at-10.30.20.jpeg

नयाँ दिल्ली: टि ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताको एउटा अति नै रोमाञ्चक खेलमा बुधवार भारतले बाङ्ग्लादेशको विरुद्ध जीत हासिल गरेको छ। तर खेल सकिएको कति पनि समय नबित्दै बाङ्ग्लादेशी खेलाडीले भारतीय कप्तान विराट कोहलीले ‘फेक फिल्डिङ्’ वा नक्कली फिल्डिङ् गरेको आरोप लगाएका छन्।

वास्तवमा के घटना भएको थियो त?

यसअघि पाकिस्तानसँगको भएको खेलमा भारतले अन्तिम ओभरको अन्तिम बलमा जित हासिल गरेको थियो।बुधवार बाङ्ग्लादेशसँगको खेलमा वर्षाका कारण केही बेर अवरुद्ध भएपछि खेल छोट्ट्याइयो।
शुरुमा ब्याटिङ् गरेको भारतले कुल १८४ रन बनाउन सफल बनेको थियो।
यसको जबाफमा बाङ्ग्लादेशले आक्रामक ब्याटिङ् शुरु गरेको थियो। लिटन दासले भारतीय बलरहरूको बलमा एकपछि अर्को चौकाछक्का हाने।तर पानी परेको हुनाले खेल रोक्न परेको थियो।पानी रहेपछि फेरि खेल खेलाइयो तर खेल १६ ओभरमा समेटियो। बाङ्ग्लादेशलाई नयाँ लक्ष्य १५१ रनको दिइयो।तर निर्धारित ओभरभित्र उसले केवल १४५ रनमात्र बनाउन सक्यो।बांग्लादेशले यो म्याच ५ रनले खेल हार्न पर्यो।निकै राम्रो खेल प्रदर्शन गर्दै आएका विराट कोहलीले ४४ बलमा ६४ रन बनाएका थिए।तर खेलपश्चात् बाङ्ग्लादेशले उनीमाथि गम्भीर आरोप लगाएको छ।

वास्तवमा के छ त गम्भिर आरोप?

बाङ्ग्लादेशसँगको खेलमा कोहलीले ६४ रन बनाए
हुन त लिटन दासको गतिमान ब्याटिङ्ले बाङ्ग्लादेशलाई जिततर्फ डोर्‍याइसकेको थियो।तर उनी आउट भएपछि उक्त जिम्मा विकेटकिपर नुरुल हसन ‘सोहान’को काँधमा आइपर्‍यो।नुरुलले बनाएको २५ रन थोरै लाग्ला तर उनले दुई चौका र एक छक्का हान्दा भारतीय दर्शकहरूको को मुटु चिउउउ हुनु स्वाभाविक थियो।

तर खेलपश्चात् पत्रकारहरूसँग कुरा गर्दै नुरुल हसनले भने, “हामी सबैले देखेका छौँ कि पानी परेपछि मैदान गीलो भएको थियो। साथै म्याचमा एउटा नक्कली थ्रो पनि हानिएको थियो। जसको सजायस्वरूप हामीलाई ५ रन दिनुपर्थ्यो। त्यसो भएको भए हामीलाई फाइदा हुन थियो।”
क्रिकेटमा अनफेअर प्ले को नियम ४१.५ ले ब्याट्सम्यानको ध्यान जानाजान भड्काउन, उनलाई धोका दिन वा वाधा पार्न रोक्छ।यदि अम्पायरलाई त्यस्तो गरेको लागेमा ब्याटिङ् पक्षलाई ५ रन दिलाउन सक्छन्। तर बुधवारको खेलमा अम्पायरले त्यसो गरेनन्। त्यतिबेला बाङ्ग्लादेशी ओपनर दासले २४ बलमा ५६ रन बनाएर खेल्दै थिए।
सातौँ ओभरमा जब अक्षर पटेलले दोस्रो बल फ्याँके दासले त्यसलाई स्वीपर बाउन्ड्रीतर्फ हिर्काए।
पहिलो रन सजिलै लिएपछि बाङ्ग्लादेशी खेलाडी दोस्रो रन लिन दौडिए। त्यहीबेला करिब ३० गजको घेरामा उभिइरहेका विराट कोहलीले नन स्ट्राइकर रहेको तर्फ बल फ्याँकेको अभिनय गरे।जबकी खासमा फिल्डिङमा रहेका अर्शदीप सिंहले विकेटकिपर तर्फ बल फ्याँकेका थिए जुन कोहलीको दायाँ पट्टिबाट विकेटकिपर दिनेश कार्तिकको पञ्जामा पुगेको थियो।
बाङ्ग्लादेशले दुई रन पूरा गरेको थियो। नियमअनुसार ब्याटिङमा रहेकाको ध्यान अन्यत्र मोड्न खोज्नु गलत हो। तर के कोहलीले साँच्चिकै ब्याट्सम्यानको ध्यान भङ्ग गर्ने कोशिश गरेका थिए त? दोस्रो रन लिने बेला बाङ्ग्लादेशका ब्याट्सम्यान भ्रमित भएको देखिएको थिएन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *