कानूनभन्दा माथि कोही छैन

IMG-20221103-WA0282.jpg

नगरपालिकालाई आफ्नो काम गर्न दिनुहोस: अजय एडवार्ड

दार्जीलिङ: कानुनभन्दा माथि कोही छैन भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले बताएका छन्। हाम्रो पार्टीको दार्जीलिङ नगरपालिकाको बोर्डले आजदेखि अवैध निर्माणहरूमाथि कार्वाही शुरू गरेको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड आज बिहान नगरपालिका कार्यालय पुगेका थिए। अध्यक्ष एडवार्डले चेयरम्यान रितेश पोर्तेल,भाइस चेयरम्यान याङ्जी शेर्पा लगायत अन्य नगरपार्षदहरूसंटँग भेट गरेका थिए। यसै अवधि उनले पत्रकारहरूसँग कुराकानी गर्दै कानूनभन्दा माथि कोही नरहेको बताए। उनले अझ भने, ‘तपाई हामी कसैले पनि जमीन एंव बिल्डिङ आदि किन्दा अथवा निर्माण गर्दा सबै कुराहरू गरेर अनि नियम अनुरूप गरौं भने कसैको अघि शिर झुकाउनु पर्ने अवस्था आउने छैन।नगरवासीहरूले दार्जीलिङ नगरपालिकामा पाँच वर्ष सेवा गर्ने दाहित्व हाम्रो पार्टीलाई सुम्पिएको छ। नगरवासीहरूले दिएको दायित्वदेखि हाम्रो पार्टीको बोर्ड कदापी भाग्न सक्दैन। त्यसकारण आज हाम्रो पार्टीको बोर्डले ती अवैध निर्माणहरू विरूद्व कार्वाही नगरे भोली आउने अर्को बोर्डले अवश्य कार्वाही गर्नेछ। ती अवैध निर्माणहरू विरूद्व हाम्रो पार्टीको बोर्डले नोटिस जारी गरेर आफै हटाउने राम्रो अवसर दिएको थियो तर कतिपय अवैध निर्माणकारीहरूले नगरपालिकाद्वारा जारी गरेको नोटिसलाई आधार बनाएर न्यायलयमा रोक लगाएका छन् तर कानूनभन्दा माथि कोही छैन दार्जीलिङ नगरपालिकाले उठाएको कदम कानुन अनुरूप रहेको छ।’
हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले अझ भने, अझ घर एंव बिल्डिङ बनाउनु कति गाह्रो पर्छ, त्यो हामीलाई थाहा छ। नगरपालिकाद्वारा तोडिएको निर्माणको मालिकहरूलाई जो पीर मर्का छ, त्यसको अनुभव मैले पनि गर्दैछु तर कानुनभन्दा माथि कोही छैन। आज नभए पनि भोलीको दिनमा यी अवैध निर्माणहरूमाथि कार्वाही हुने नै हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *