जंगली हात्तीको आक्रमणमा कारगाड़ी क्षतिग्रस्त, भाग्यले बाँच्यो चालक

81abbce8-63af-4ccf-9fd9-2e8933086c53

कालचिनी – आज बिहान प्रायः १०.३० कोचबिहारबाट राजाभातखावा हुँदै कालचिनीतर्फ आइरहेको एउटा वेगनआर कार राजाभातखावा जंगल र डिमा सेतु माझको जंगलमा आइपुग्दा अचानक जङ्गलबाट सड़क पार गर्न लागेको हात्तीले जम्काभेटमा आक्रमण गर्दा कार पूर्णरुपले क्षतिग्रस्त बनेको छ भने कार चालक बिजनकुमार रायले कोही मुस्किलले ज्यान बचाउँदै कारलाई हात्तीको आक्रमणबीच चलाएर डिमा सेतु नजीक ल्याउन सफल भएको तर कारको कार्बोरेटर सबै फूटेको र इञ्जिन ओयल सबै चुहिन थालेको थियो।

घटनास्थलमा कोही नहुँदा कार चालक असहाय बनेको थियो भने पछि प्रत्यक्षदर्शीहरूले कालचिनी थानालाई यसको जानकारी दिँदा घटनास्थलमा कालचिनी थानाको पुलिसबल पुगेर घटनाको छानबीन गरेको थियो। कार चालक बिजनकुमार रायले बताए अनुसार कोचबिहारबाट कालचिनी आइरहेको बेला राजाभातखावा जंगलको शिकारी रेलगेट पार गरेर बीच जंगलमा आइपुग्दा अचानक एउटा हात्ती सड़क पार गर्न लागेको थियो तर त्यस हात्तीले सोझै कारमा आक्रमण गर्न थाल्यो र कुनै मुस्किलले कारलाई चलाएर डिमा सेतु नजीक सड़कसम्म ल्याउन सफल भएको थियो।

पुलिस समक्ष यसको रिपोर्ट दर्ता गराएपछि क्षतिग्रस्त कारलाई कोचबिहार लगेर गएको पुलिस सुत्रले जनाएका छन्। कारमा कार चालक बिजनकुमार राय बाहेक अन्य कुनै यात्री नरहेकोले ठूलो दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *