इमरान खानलाई आक्रमण गर्ने पक्राउ

00-Imran-Khan-former-PM-Pakistan

इस्लामाबाद: पाकिस्तानको पञ्जाब प्रान्तमा एक जुलुसको क्रममा इमरान खानमाथि गोली प्रहार भएको छ, जसमा उनी घाइते भएका छन्। सोही क्रममा यो आक्रमण गर्ने युवा पक्रा परेका छन्। आक्रमणकारीको पहिचान फैसल बटको रूपमा भएको छ। एक बयान दिँदै आक्रमणकारीले पूर्व प्रधानमन्त्री इमरान खानले जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेको बताए। त्यसैले उनलाई गोली हानेको बताए। आक्रमणकारीले आफूले अचानक यो निर्णय लिएको बताए। यसै क्रममा उनले आफ्नो पछाडि कोही नभएको बताए। रिपोर्टका अनुसार दुई आक्रमणकारी आएका थिए, जसमध्ये एक मारिए। जबकि एकजनालाई पुलिसले पक्राउ गरेको छ।

इमरान खानको खुट्टामा गोली लागेको छ। तर अहिले उनको अवस्था स्थिर रहेको छ। इमरान खानले पनि आक्रमणको बारेमा ट्वीट गरेका छन्। दोस्रो जीवन पाएको अनुभूति भएको उनले बताए। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्धको विरोध जुलुसमा बिहीबार पञ्जाब प्रान्तमा उनको कन्टेनर ट्रकमा हमला भएको थियो जसमा उनको खुट्टामा गोली लागेको थियो, तर उनी खतरामुक्त छन्। मिडिया रिपोर्टहरूमा यो जानकारी दिइएको छ। पञ्जाबको वजिराबाद शहरको अल्लाहवाला चोक नजिकै आक्रमणकारीले गोली चलाएको थियो। जियो टीभीको फुटेजअनुसार ७० वर्षीय खानको दाहिने खुट्टामा गोली लागेको थियो। उनलाई अस्पतालमा भर्ना गरिएको र खतरामुक्त रहेको च्यानलले जनाएको छ। संचारमाध्यमको रिपोर्टअनुसार खानको अवस्था खतरामुक्त छ। खानको पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीले संचारमाध्यमलाई भने कि खानको खुट्टामा गोली लागेको थियो। उनले आक्रमणमा ६ जना घाइते भएको र स्थानीय नेता अहमद चट्टासहित दुईजना गम्भीर घाइते भएको बताए। उमरले भने, ‘खानलाई सडकबाट लाहोर लगिएको छl’ उनको अवस्था नाजुक नभए पनि उनलाई गोली लागेको छ उनले खानका प्रतिद्वन्द्वीले पाकिस्तान परिवर्तन भएको देख्न नसक्ने बताए। उनले आक्रमणको जिम्मेवारी कसैलाई भनेका छैनन्। जियो टीभीको समाचारअनुसार पूर्वप्रधानमन्त्री चढेको कन्टेनर ट्रकमा बन्दुकधारीले गोली चलाएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *