पूण्यज्योति बुद्ध मन्दिरको ८औँ बर्षगाँठ सहित कठिन चिवरदान उत्सव सम्पन्न

c827753b-ee29-4c82-b5d6-5a680976f372

कालचिनी – कालचिनी खण्डको हेमिल्टनगञ्ज फरवार्डनगर स्थित पूण्यज्योति बुद्ध मन्दिरको आज ८औँ बर्षागाँठ सहित कठिन चिवरदान उत्सव भव्यरुपमा सम्पन्न भएको जानकारी पूण्यज्योति बुद्ध मन्दिरको संस्थापक डा. अरुणज्योति भान्तेले दिएका छन्।

आज उक्त अवसरमा प्रमुथ अतिथिको रुपमा कालचिनी विधायक विशाल लामा लगायत समाजसेवी पासाङ लामा एवम् अन्यान्य बौद्ध संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। प्रत्येक बर्ष नै बौद्ध परम्परा अनुसार सम्पन्न हुने कठिन चिवरदान समारोह सम्पन्न हुँदै आईरहेको र आज यसै अवसरमा  प्रत्येर बर्ष सरह ३० जना माध्यामिक औ उच्च माध्यमिक उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान सहित वृति प्रदान एवम् ७ जना आवश्यकमन्द परिवारलाई डेङ्गुबाट बाँच्न मच्छरदानी वितरण गरिएको थियो। हिनयान बौद्ध भान्तेहरुको एक महीनाको उपवासपछि बौद्ध भिक्षुहरुलाई गरिने पवित्र एवम् कठिन चिवरदानको उक्त समारोहको अवसरमा उत्तरबंगालको प्रमुख भिक्षु विनयपाल महात्र र भिक्षु महासचिव बुद्धश्री महात्रको प्रमुख उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement