चिहिन्त गरिएको अवैध निर्माणहरूमाथि हामी कार्वाही गरेर नै छोड्नेछौं: रितेश पोर्तेल
दार्जीलिङ: दार्जिलिङ बजारमा अवैध निर्माणहरू नगरपालिकाद्वारा आजदेखि भत्काउन शुरू गरिएको छ। दार्जीलिङ नगरपालिकाले अवैध निर्माणहरू हटाने क्रम आजदेखि शुरू गरेको छ। दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड रहेको छ। हाम्रो पार्टीले आफ्नो चुनावी घोषणा पत्रमा दार्जीलिङ नगरपालिका क्षेत्रको अवैध निर्माणहरू हटाउने लिखित वाचा गरेको हुनाले हाम्रो पार्टीको बोर्डले आफ्नो समयकालको अवधि अवैध निर्माणहरू हटाउने विषयलाई कार्य रूपमा परिणत गरेको छ। यसै क्रममा आज दार्जीलिङ नगरपालिकाको बोर्ड नम्बर १० अन्तर्गत शेर्पा गुम्बा छेवटउ आशा सुन्दासको अवैध निर्माणमाथि नगरपालिकाले हम्बर चलाएका छन्। यस अवधि नगरपालिकाको कर्मचारीहरूसँग चेयरम्यान रितेश पोर्तेल स्वयं उपस्थित रहेका थिए।

यसै सन्दर्भमा चेयरम्यान रितेश पोर्तेलले पत्रकारहरूसितको कुराकानीमा दार्जीलिङ नगरपालिका चुनावको प्रचार प्रसारमा हामीले नगरवासीहरूसँग अवैध निर्माणहरू हटाउने वाचा गरेका थियौं अनि आफुहरूको समय अवधि निर्माण भएका अवैध निर्माणहरूलाई हामी हटाएर छोड्नेछौं बताएका छन्। हामीले आठवटा अवैध निर्माणहरू चिहिन्त गरेका छौं।जसमध्ये चारवटा अवैध निर्माणहरू न्यायलयमा विचाराधीन रहेको छ जसको सुनवाई यसै १४ नोभेम्बरमा हुने भएको चेयरम्यान पोर्तेलले बताए। हामीले अवैध निर्माणहरू विरूद्व कार्वाही गर्न अघि दार्जीलिङ नगरपालिकाको सबै नगर पार्षदहरूको सहमति लिएका छौं भन्दै दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड रहेको भएता पनि गोजमुमो, भागोप्रमो, तृणमूल कंग्रेसको नगरपार्षदहरू पनि रहेको छ।नगरपार्षदहरूको बैठकमा सबै नगरपार्षदहरूले अवैध निर्माणहरू विरूद्व कार्वाही गर्ने सहमति जनाएपछि आफुहरूले यो कदम उठाएको हो भन्ने चेयरम्यान पोर्तेलले बताएका छन्।

आजको कार्वाहीमा केवल एउटा अवैध निर्माण तोडने कार्य भएको साथै अन्य तीनवटा अवैध निर्माणहरू विरूद्व पनि हामी शीघ्र नै कार्वाही गर्ने छौं भन्दै आठवटा अवैध निर्माणहरूमध्ये चारवटा अवैध निर्माणहरू कानुनको सुरक्षा गर्ने वरिष्ठ अधिवक्ताहरूको रहेको पनि बताएका छन्। न्यायलयमाथि हाम्रो आस्था र भरोसा छ अनि न्यायलयले निश्चय पनि अवैध निर्माणहरू हटाउने निर्देश दिनेछ भन्ने हामी आशावादी छौं चेयरम्यान पोर्तेलले बताएका छन्।