अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कुमारग्राम खण्डको न्युल्यान्ड्स चिया बगानका एक युवकले विष सेवन गरेर बिहीबार मृत्यु भएको खबर छ। प्राप्त जानकारी अनुसार युवकले विष खाएर आत्महत्याको प्रयास गरेका थिए।घटनामा घाइते भएका सुजित भगतर (२४) लाई स्थानीयले उद्धार गरी उपचारका लागि बगानको अस्पताल पुर्याए।त्यहाँबाट चिकित्सकहरुले स्थिति गम्भिर देखेर उनलाई कामाख्यागुरी ग्रामीण अस्पतालमा रेफर गरिदिए। परिवारले सो व्यक्तिलाई त्यहाँ पुर्याएपछि त्यहाँका चिकित्सकले जाँच गरे अनि मृत घोषित गरे। बिहीबार साँझ कामाख्यागुरी चौकीका प्रहरीले शव फेला पारेको थियो।