कालचिनी – विगत दसैँ, तिहार, छठ पूजा र दुर्गा पूजाको समय आफ्नो परिवार छोड़ेर जनसेवामा होमिएका पुलिस प्रशासन लगायत दमकल कर्मी, चिकित्सक र प्रशासनिक अधिकारीहरुलाई धन्यवाद ज्ञापन साथै स्मृति चिन्ह औ सम्वर्द्धना प्रदान कार्यक्रम सम्पन्न गरिएको जानकारी तृणमूल युवा कङ्ग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मोले दिएका छन्।

आज धन्यवाद ज्ञापन साथै स्मृति चिन्ह प्रदान गर्ने क्रममा तृणमूल युवा कङ्ग्रेसको नेता औ समर्थकहरुले कालचिनी थाना लगायत हेमिल्टनगञ्ज स्थित दमकल कार्यालय र उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पुगेर पुलिस अधिकारी औ दमकल अधिकारी र चिकित्सकहरुलाई खदा पहिराएर स्मृति चिन्ह प्रदान गर्दै धन्यवाद ज्ञापन गरेको थियो। यस सम्बन्धमा तृणमूल युवा कङ्ग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मोले चाढ़बाढ़ र पूजाभरि आफ्नो परिवार छोड़ेर जनताको सुरक्षा र सेवामा लागि परेका यी पुलिसकर्मी औ स्वास्थ्य कर्मी चिकित्सक र प्रशासनिक अधिकारीहरुलाई उनीहरुको सेवाको कदर गर्दै यो सम्मान दिनु उचित रहेकोले पार्टी हाईकमानतो निर्देश अनुसार आज धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरिएको पवन योल्मोले जनाएका छन्।