इकबालपुरमा लुटेराले दिउँसो ३३ लाख ३० हजार लुटयो, ६ पक्राउ

Hand-Cuff-3

कोलकता: महानगरमा दिउँसो दुई युवालाई अपहरण गरी ३३ लाख रुपियाँ लुटपाट भएको छ। घटना इक्बालपुर प्रहरी चौकी अन्तर्गत मयुरभञ्ज रोडको हो। यस विषयमा कारबाही गर्दै प्रहरीले दुई प्रहरी हवल्दार र एक नागरिक स्वयंसेवकसहित ६ जनालाई पक्राउ गरेको छ। डीसी पोर्ट जफर अजमल किदवईले भने कि अभियुक्तहरूमा हवल्दार प्रभात बेरा, हवल्दार स्वपन कुमार विश्वास, नागरिक स्वयंसेवक तोतन शेख, शेख चन्द, शेख अशरफ इलाही उर्फ सैफ र अकबर हुसेन उर्फ रविको नाम रहेको छ। अभियुक्तबाट ३० लाख नगद पनि बरामद भएको छ। बिहीबार अभियुक्तहरूलाई अदालतमा पेश गरिएको थियो जहाँबाट उनीहरूलाई प्रहरी हिरासतमा राखिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement