कालचिनी – गत १ नोभेम्बरको दिनदेखि शुरु भएको पाँचौ चरणको दैलोमा सरकार शिविर कार्यक्रममा पुलिस प्रशासनको पक्षबाट पनि उपस्थित जनतालाई साइबर अपराधबाट बाँच्न सचेतना कार्यक्रम शुरु गर्ने क्रममा आज कालचिनी खण्डको मेन्दाबारी ग्राम पञ्चायत क्षेत्रमा आज कालचिनी थानाको सीआई पार्थ सारथी चन्दा लगायत अन्यान्य पुलिस अधिकारीहरूको उपस्थितिमा साइबर अपराध मामिलामा सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी पुलिस सुत्रले दिएका छन्।
आज सो अवसरमा वर्तमान समयमा साइबर अपराध जस्तै ब्याङ्क एकाउन्टबाट रुपियाँ ठगी र अनलाइन ठगीहरूबाट बाँच्न सजग बस्नु पर्ने र यस्तो ठगीको शिकार भए पुलिसले कुन प्रकारको मदत प्रदान गर्नसक्छ सो बारे सचेतना गरिएको पुलिस सुत्रले जनाएका छन्।