बेलाकोवा सरदारपाड़ाका मानिसहरूले सडक मर्मत तथा अन्य मांगहरु लिएर गरे पथावरोध

19-10-40-ee47c85a-3c93-47c0-8e80-ec01d950005f-1024x576.jpg

राजगञ्ज: बेहाल अवस्थामा रहेको सडकको मरमति गरिनु पर्छ तथा अन्य केही मागहरु लिएर बेलाकोवाको सरदारपाड़ाका मानिसहरूले आज पथावरोध गरेर विरोध प्रदर्शन गरे। आफुहरूको माग पूरा नगरिएको खण्डमा आफुहरुले भोट बहिष्कार गर्ने समेत चेतावनी दिएका छन्। गाउँलेहरूले राजगञ्ज विधानसभाको बेलाकोवा-रंगधामाली राजमार्गको सडक अवरोध गरेर विरोध प्रदर्शन गरे। यस अवसरमा प्रदर्शनकारीहरूले बताए अनुसार सरदारपाड़ादेखि मंथनीबाड़ीसम्मको बाटो धेरै दिनदेखि खराब अवस्थामा पुगेको छ। यसले गर्दा बिमारीहरूलाई अस्पतालमा लैजान असुविधा भइरहेको छ। यसको साथै साना नानीहरूलाई स्कुल जानु पनि धेरै समस्या भइरहेको छ। गाउँमा पिउने पानीको असुविधा रहेको छ भने गाउँमा स्ट्रीट लाइट समेत नरहेको तिनीहरूको भनाई रहेको छ। अर्कोतिर, घटनाको खबर पाउन साथ राजगञ्जका विधायक खगेश्वर राय, जलपाइगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मन अनि बेलाकोवा आउट पोस्ट पुलिस पनि घटनास्थलमा पुगेको थियो। यसपछि विधायकले आश्वासन दिएपछि स्थानीय मानिसहरूले पथावरोध हटाए। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, घटनास्थलमा पुगेर मैले प्रदर्शनकारीहरूसित कुराकानी गरे अनि आफ्नो माग लिखित रूपमा सूचित गर्ने निर्देश दिएको छु। चाँडै सडकको काम शुरू गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement