राजगञ्ज: निःशुल्क आँखा जाँच शिविरको आयोजना बेलाकोवामा समपन्न गरियो। विद्रोही संघको पहल तथा सिलगढी ग्रेटर लायन्स आई हस्पिटलको सहयोगितामा आज निशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो। आज समपन्न यस शिविरमा धेरै मानिसहरूले आएर आँखा जाच गराए। यस क्लबका सदस्य अमलेन्दु भौमिकले बताए अनुसार क्लबको तर्फबाट आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। यस शिविरमा स्थानीय धेरैजना असहाय मानिसहरूको आँखा जाँच गराए भने तीमध्ये केही मानिसहरूलाई निःशुल्क मोतिविन्दुको अप्रेसनको व्यवस्था गरिनेछ। आगामी दिनमा पनि यस प्रकार शिविरको आयोजना गरिने तिनले बताए।