एसटीएफले पक्राउ गरेको आतङ्कीद्वारा सोधपुछमा चकित पार्ने खुलासा

कोलकाता: पुलिसको स्पेशियल टास्क फोर्स (एसटीएफ) ले पक्राउ गरेका आतङ्कीले सोधपुछ एवं जाँचमा चकित पार्ने खुलासा गरेको छ। आतङ्कीले पश्चिम बङ्गालमा मात्र होइन, तर देशभरि विभिन्न ठाउॅंहरूमा विस्फोटको योजना बनाइरहेको थियो। एसटीएफका स्रोतअनुसार, आतङ्की मोहम्मद हसनतसॅंग गरिएको सोधपुछपछि मालदास्थित उसको घरबाट पेनड्राइभ प्राप्त भएको छ। यसमा लोन वुल्फ अट्याकको योजना यी आतङ्कीहरूले बनाइरहेका थिए। पेनड्राइभको जॉंचमा आतङ्कीहरूले बंगाल मात्र होइन, तर देशका विभिन्न ठाउॅंहरूमा ब्लास्टको योजना बनाइरहेको कुरा खुलासा भएको छ। आतङ्कीहरूले हमलापछि भारत छोड़ेर बङ्गलादेश भागेर जाने योजना बनाएका थिए। उनीहरू लगातार बङ्गलादेशका आतङ्कीहरूको सम्पर्कमा थिए। हालैमा राज्य पुलिस र कोलकाता पुलिसको स्पेशियल टास्क फोर्सले मिलेर चार आतङ्कीलाई पक्राउ गरेको थियो। उनीहरूले विभिन्न शहरहरूमा आतङ्की हमलाका साथै एक दर्जनभन्दा धेर विशिष्ट नेताहरूलाई पनि टारगेट गरेका थिए। उनीहरूको नाम कोड भाषामा लेखिएका छन्, जसलाई डिकोड गर्ने प्रयास गरिॅंदैछ। उनीहरूका धेरै साथी मध्य प्रदेशको भोपालमा लुकेर बसेका छन्, उनीहरूको विषयमा स्थानीय पुलिसलाई सूचना दिइएको छ। यस मामिलामा अझ छापामारी र सोधपुछ जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement