कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले प्रधानमन्त्री नेरन्द्र मोदीलाई पत्र लेखेर पश्चिम बङ्गालमा उत्पादन हुने विशेष चामलको प्रजाति ‘गोविन्दभोग’ माथि लगाइएको २० प्रतिशत उत्पाद शुल्कमा छुटको माग गरेकी छन्। मुख्यमन्त्रीले आफ्नो पत्रमा लेखेकी छन्, उत्पाद शुल्कमा छुटको अभावमा यस विशेष प्रजातिको चामलको उत्पादन गर्ने किसान र निर्यातलाई नोक्सानी हुनेछ। गोविन्दभोग चामलको प्रजाति केही यूरोपीय र पश्चिम एशियाई देशहरू जस्तै यूएई, कतर, कुवैतमा लोकप्रिय छ। विभिन्न धार्मिक अवसरहरूमा गोविन्दभोग चामलको उपयोग गरिन्छ।
पत्रमा उनले लेखेकी छन्, राज्य सरकारले पनि विदेशहरूमा यसको लोकप्रियताको निम्ति किसानहरूलाई यस प्रजातिको चामलको उत्पादनको निम्ति प्रोत्साहन गरिरहेको छ। केन्द्रले हालैमा बासमती चामलमा उत्पाद शुल्कमा छुट दिएको छ। यसै आधारमा गोविन्दभोग प्रजातिमा पनि राहत दिनु पर्ने हो। उनले भनेकी छन्, गोविन्दभोग प्रजातिको दाम न्यूनतम समर्थन मूल्यभन्दा धेर छ। यस कारण किसानहरूलाई यस प्रजातिको सुचारू उत्पादनका साथै यसलाई जारी राख्न उत्पाद शुल्कमा राहत आवश्यक छ।