सेनाका जवानहरूले जमिन घेराउ गरेपछि सिलगढीको १० नम्बर वार्ड इलाकामा तनाउको माहौल

IMG_20221103_181849.png

सिलगढी: सिलगढीको १० नम्बर वार्ड इलाकामा आज बिहान सेनाका जवानहरुले जमिन घेराउ गरेपछि तनाउको माहौल देखा पर्यो। स्थानीय मानिसहरू भेला भएर यसको विरोध गर्न थालेपछि इलाकामा व्यापक तनाउ फैलियो। स्थानीय मानिसहरूले आरोप लगाए अनुसार यस इलाकामा धेरै वर्षदेखि तिनीहरू बसोबासो गर्दै आइरहेको साथै उक्त जमिनको बाटो भएर भएर आवात-जावत् गरिरहेका छन्। इलाकाको मानिसहरूको लागि आउ जाउ गर्ने यो एक मात्र सड़क हो। दमकल साथै एम्बुलेन्स वाहन समेत यही बाटो भएर कुद्छ। यसैले स्थानीय मानिसहरूले यसको वैकल्पिक सड़कको व्यवस्था गरिनु पर्ने माग गरेका छन्। अर्कोतिर, सेनाका जवानहरूले बताए अनुसार यो सेनाको जमिनमा अवैध रूपले केही दोकानहरू बनाइएको छ। यसैले भूमिलाई संरक्षित गर्नको लागि यो कदम उठाइएको हो। यसैबीच, भूमि अतिक्रमणको खबर सुनेपछि डाबग्राम-फूलबाडीका विधायक शिखा च्याटर्जी, १० नम्बर वार्डका पूर्व पार्षद ज्योत्सना अग्रवाल अनि सिलगढीका विधायक शंकर घोष पनि घटनास्थलमा पुगेका थिए। शंकर घोषले यस मामिलामा सांसदसित कुराकानी गरेको बताए। यसको साथै तिनले यहाँका जन प्रतिनिधिहरूसित कुराकानी गर्ने बताए। पूर्व पार्षद ज्योत्सना अग्रवालले भनिन्, यो जमिनलाई लिएर धेरैपल्ट आन्दोलन भइसकेको छ। फेरि केही वर्ष पछि यस जमिनलाई समस्या उत्पन्न भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement