३ नोभेम्बरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा कालेबुङ पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। अप्पर फागू खेल मैदानमा बिहीवार भएको म्याचमा कालेबुङ पुलिसले झापा एफसी (नेपाल)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अमिर तामाङ र अजय तामाङले गोल गरे। म्याच हारे पनि झापा एफसी-का उत्सव राईलाई प्लेयर अव् द म्याच चयन गरियो। शुक्रवार खेलिने म्याचमा सिंगलिंग स्पोर्टिंग क्लब (सिक्किम) र केएफसी (सिलगढ़ी)-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ९ र ११ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १४ नोभेम्बरमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट हिमाल राणाले बताएका छन्।